काठमाडौं (अस) । सनराइज बैंकले कास्कीको पोखरा महानगरपालिकास्थित बूढीबजारमा १२०औं शाखा सञ्चालनमा ल्याएको छ । सोमवार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसी र सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रूपमा शाखा कार्यालय तथा एटीएमको उद्घाटन गरेका थिए । यससँगै बैंकका देशभर १२० शाखा, ३८ शाखारहित सेवा, ६ एक्स्टेन्शन काउन्टर र १३८ एटीएम पुगेका छन् । बैंकले नेपालका अन्य व्यापारिक स्थानहरूमा पनि शाखा थप गर्दै जाने बताएको छ ।