arthik abhiyan
ad banner

ओप्पोले पायो बेस्ट म्यानुफ्याक्चरर र डिजाइन अवार्ड

Aug 13, 2019
बजार
NA

काठमाडौं (अस) । चिनियाँ प्रविधि कम्पनी ओप्पोले विभिन्न दूरसञ्चार ब्रान्डको तुलना गर्ने कम्प्यारिजन साइट ह्विसल आउटबाट फोन म्यानुफ्याक्चरर अफ द इयर २०१९ अवार्ड पाएको छ । साथै, ओप्पो रेनो ५ जीलाई साइटले उत्कृष्ट फोन डिजाइन फर २०१९ उपाधि दिएको छ । 

ह्विसलआउट अवार्ड्सले अस्ट्रेलियन नागरिकहरूलाई उत्कृष्ट उत्पादन, सेवा तथा योजना प्रदान गर्ने दूरसञ्चार क्षेत्रका कम्पनीको योगदान मूल्यांकन तथा पहिचान गर्दछ । अवार्डका निर्णायकले स्मार्टफोनलाई तिनको मूल्य, कार्य प्रदर्शनी, ब्याट्री, स्क्रीन, क्यामेरा, डिजाइन र समग्र प्रयोगकर्ताको अनुभवका आधारमा उत्कृष्ट स्मार्टफोन तथा कम्पनीको चयन गर्दछन् । ह्विसलआउटका प्रबन्ध सम्पादक एलेक्स कोरोसले ओप्पोले स्मार्टफोन बजार परिमार्जन गर्नुका साथै अस्ट्रेलियावासीका लागि उत्कृष्ट उत्पादन प्रस्तुत गरेको बताए । 

ओपो अस्ट्रेलियाका प्रबन्ध निर्देशक माइकल ट्रानले अवार्डले अस्ट्रेलियामा ओप्पोको सफलताको प्रतिनिधित्व गरेको बताए । उनले यसको श्रेय कम्पनीको स्मार्टफोन नवप्रवर्तन र डिजाइनलाई दिए । ‘वर्षकै उत्कृष्ट फोन निर्माता बन्नु हाम्रो मिहेनतको प्रतिफल हो,’ उनले भने, ‘हामीलाई थाहा छ, अस्टे«लियन उपभोक्तालाई फूल स्क्रीन डिस्प्ले, लामो ब्याट्री आयु र सुन्दर डिजाइनको फोन मन पर्छ ।’

ओप्पो रेनो ५जीमा नवप्रवर्तनात्मक शार्क–फिन डिजाइन क्यामेरा, फूल स्क्रिन डिस्प्ले, ३ दशमलव ० फास्ट चार्जिङ प्रविधिसहितको ब्याट्री लगायत विशेषता छन्, यसै कारणले गर्दा बेस्ट डिजाइन अवार्ड पाएको ओप्पोको भनाइ छ  । ओप्पोले गत हप्ता मात्रै स्मार्टफोन डिजाइनमा कभर्ड डिस्प्लेसहितको पूर्ण फूलस्क्रीन दृश्यानुभव दिने वाटरफल स्क्रिनको घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्