arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

व्यवस्थापन समितिको अध्यक्षमा विष्ट 

Aug 13, 2019  
बजार
NA

कञ्चनपुर (अस) । शुक्लाफाँटा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्षमा लव विष्ट निर्वाचित भएका छन् । सोमवार भएको चुनावमा विष्ट समितिको अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले आफ्ना प्रतिद्वन्दीलाई १ मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । शुक्लाफाँटा मध्यवर्ती क्षेत्रका नौ समितिबाट निर्वाचित अध्यक्ष मध्येबाट मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको नेतृत्वका लागि निर्वाचन हुने व्यवस्था छ । विष्ट भीमदत्त नगरपालिका क्षेत्रको मध्यवर्ती उपभोक्ता समितिबाट अध्यक्षका लागि चुनावमा सहभागी थिए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्