बागलुङ (अस) । साउनमा मासुको खपत कम हुने गरे पनि बागलुङमा भने मासु पाउनै मुस्किल भएको छ । गर्मीका कारण कुखुरामा विभिन्न रोग लागेकाले कुखुराको अभाव भएसँगै मासुको मूल्य वृद्धि भएको हो ।
साउनको शुरुआतमा बागलुङमा कुखुराको मासु प्रतिकिलो ४०० रुपैयाँमा विक्री भए पनि साउन १० गतेदेखि बढेर ४२० रुपैयाँ पुगेको व्यवसायी मनोज कार्कीले बताए ।
कुखुरा व्यवसायीले रोग फैलिएको भन्दै कुखुरा नपाल्दा र तराई क्षेत्र डुबानमा परेका कारण बाहिरबाट आउने कुखुरामा कमी आएकाले मूल्यवृद्धि गर्नुपरेको मासु व्यवसायी संघ बागलुङका अध्यक्ष कृष्ण कार्कीले जानकारी दिए ।
त्यस्तै, बागलुुङ, म्याग्दी र पर्वतमा कुुखुरा, खसी र बोका उत्पादनमा कमी आएका कारण मासुुको मूल्यमा बढेको व्यवसायीको भनाइ छ । काठमाडौं, पोखरा लगायत क्षेत्रबाट खसी बोका किनेर मासुु विक्री गर्दा प्रतिकिलो १ हजार ५०० देखि २ हजारसम्म पर्न आउने संघका अध्यक्ष कार्कीले जानकारी दिए । उनका अनुसार अहिले प्रतिकिलो कुुखुराको मासुुको मूल्य रू. ४२० र खसीबोकाको मासु ९०० रुपैयाँमा विक्री भइरहेको छ ।
बागलुुङमा प्रतिवर्ष एक जनालाई १४ किलो मासुु आवश्यक हुने तर एक जनाका लागि प्रतिवर्ष साढे १२ किलो मात्र मासुु उत्पादन भइरहेको भेटेरिनरी अस्पताल तथा पशुु विज्ञ केन्द्र बागलुुङले उल्लेख गरेको छ ।