arthik abhiyan
ad banner

आर्थिक–सामाजिक रूपान्तरणका लागि गतिशील र सिद्धान्तनिष्ठ लघुवित्त आवश्यक

Aug 13, 2019
बजार
Image Not Found

काठमाडौं (अस) । लघुवित्त क्षेत्रमा विद्यमान चुनौती र अबको कार्यदिशा निर्धारण विषयक एकदिने सम्मेलन काठमाडौंमा भएको छ । स्वावलम्बन विकास केन्द्रको आयोजनामा भएको सम्मेलनमा नेपालमा लघुवित्त क्षेत्रको बुझाइ, गराइ, भोगाइ र सोचाइ विषयमा सामूहिक छलफल भएको थियो ।

गोष्ठीमा स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्त कार्यक्रमलाई गतिशील राख्न यसको मूल सिद्धान्तबाट निर्देशित हुनुपर्नेमा जोड दिए । लघुवित्त क्षेत्रमा हाल विद्यमान विकृति र विचलनका कारण यस क्षेत्रको प्रतिष्ठामा नै आँच आउने संकेत देखिएको उनले बताए  । 

लघुवित्तमा उद्यमशीलता विकास महŒवपूर्ण हुने भएकाले लघुवित्त संस्थाहरू स्थानीय स्रोत र साधनको भरपूर प्रयोग गरी ग्राहक सदस्यको उद्यमशीलता विकास गराउनेतर्फ केन्द्रित हुनुपर्ने सहभागीहरूको भनाइ थियो । 

लघुवित्तलाई सामाजिक व्यवसायका रूपमा नभई नाफामूलक दृष्टिले हेर्ने गरिएका कारण विभिन्न किसिमका विचलन देखापरेको र त्यस प्रकारका विचलनले विपन्न तथा न्यून आय भएका वर्गको आर्थिक–सामाजिक विकासमा बाधा पुग्ने कुराको उल्लेख छलफलमा भएको थियो । त्यस्तै, सहभागीले नियामक निकायले लघुवित्त वित्तीय संस्थालाई आवश्यकताभन्दा बढी अनुमति दिने क्रमले गर्दा यसमा विकृति देखापरेको बताए । 

गोष्ठीमा नेपालका लघुवित्त क्षेत्रका विज्ञ लगायत केन्द्रमा आबद्ध ३९ ओटा लघुवित्त वित्तीय संस्था तथा सहकारी संस्थाका अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतहरू सहभागी थिए ।  

प्रतिक्रिया दिनुहोस्