arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनआईसी एशिया र भन्सार विभाग कञ्चनपुरबीच सम्झौता

Aug 13, 2019  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । एनआईसी एशिया बैंक र नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभागबीच कञ्चनपुर भन्सार कार्यालय परिसरमा बैंकको विस्तारित काउन्टर स्थापना गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बैंकको काउन्टर रहनेछ, जसबाट भन्सार कार्यालयको कारोबारका साथ भन्सारमा आउनेले पनि सेवा लिन सक्नेछन् । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र भन्सार विभागका महानिर्देशक रामेश्वर दंगालले हस्ताक्षर गरेका हुन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्