arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

इटहरी र कटारीमा मेटलाइफको एजेन्सी 

Aug 13, 2019  
बजार
Image Not Found

काठमाडौं (अस) । मेटलाइफले यो साता सुनसरीको इटहरी र उदयपुरको कटारीमा दुईओटा नयाँ एजेन्सी कार्यालय सञ्चालनमा ल्याएको छ । कम्पनीका प्रमुख वितरण अधिकृत अरुण बस्नेत र अन्य स्थानीय कर्मचारीको उपस्थितिमा कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले दुवै कार्यालयको उद्घाटन गरेका हुन् । यी दुवै कार्यालयले ग्राहकहरूलाई बीमा शुल्क तथा आवेदन संकलन, बीमालेख हस्तान्तरण तथा बीमालेख परिवर्तन र पुनस्र्थापना, ग्राहकका जिज्ञासा र अनुरोध बुझ्ने तथा अन्य कागजपत्रको पर्याप्तता हेर्नेजस्ता सेवा दिनेछन् । थप दुई नयाँ कार्यालय विराटनगरस्थित शाखा कार्यालयको मातहतमा रहनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्