arthik abhiyan
ad banner

बाँके–बर्दियामा ८६ हजार हेक्टरमा धान रोपाइँ 

Aug 13, 2019
प्रदेश ०५
NA

नेपालगञ्ज (अस) । बाँकेर र बर्दियामा यस वर्ष ८६ हजार ७५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । यी जिल्लामा समयमै धान रोपाइँ पूरा भएको कृषि ज्ञान केन्द्र, बाँकेले बताएको छ । समयमै मनसुन शुरू भएकाले छिट्टै धान रोपाइँ सकिएको केन्द्रका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत सागर ढकालले जानकारी दिए । केन्द्रका अनुसार गतवर्ष बाँकेमा १ लाख ४६ हजार मेट्रिकटन र बर्दियामा २ लाख २१ हजार १ सय मेट्रिकटन धान उत्पादन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्