arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सुनको मूल्य ७१ हजार, एक दिनमै १ हजारले बढ्यो

Aug 13, 2019  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन २८, काठमाडौं । सुनको मूल्य मंगलवार रू.७१ हजार पुगेको छ । यसअघि प्रतितोला सुन रू.७० हजारमा कारोबार हुँदै आएको थियो । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवारका लागि छापावाल सुनको मूल्य ७१ हजार तोकिएको छ ।

साउन महीनाको पछिल्लो दुई सातामै प्रतितोला रू.५ हजार ५००ले सुनको मूल्य वृद्धि भएको छ । महासंघका अनुसार सुनको मूल्य ह्वात्तै बढ्नुमा अमेरिकी फेडेरल रिजर्भ बैंकले ब्याजदर घटाउनुसँग जोडिएको छ ।

महासंघका अनुसार गत साता अमेरिकी बैंकले आफ्ना  ग्राहकलाई दिंदै आएको ब्याजदर शून्य दशमलव २५ प्रतिशतले घटाएको थियो । ब्याजदर घटेसँगै लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढ्न गएको हो ।

त्यसैगरी अमेरिका र चीनबीचको व्यापारिक द्वन्द्व तथा दुई शक्ति राष्ट्रबीच व्यापारमा एकअर्कामाथि भन्सार कर बढाउने प्रतिस्पर्धा भइरहेकाले  विश्वबजार प्रभावित हुन पुग्दा सुनको मूल्यमा बृद्धि हुन पुगेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्