साउन २८,काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मंगलवार पत्रकार सम्मेलन गरी गत आर्थिक वर्ष २०७५/ ०७६को उपलब्धि सार्वजनिक गरेको छ ।
उर्जा,जलस्रोत तथा सिंचाइ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणले गत आवमा रू. ७ अर्ब २० करोड मुनाफा गरेको जानकारी दिइयो । त्यसैगरी अघिल्लो आवमा रू.२ अर्ब ९० करोड मुनाफा गरेको जानकारी दिइयो ।
साथै सो अवसरमा उर्जा,जलस्रोत तथा सिंचाइ मन्त्री बर्षमान पुनले प्राधिकरणले गत आवमा रू.१५ अर्ब ५९ करोड रोयल्टी वापत राजस्व तिरेको जानकारी दिए ।