arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

चीनमा प्रत्यक्ष वैदेशिक लगानी बढ्यो  

Aug 13, 2019  
अन्तरराष्ट्रिय
Image Not Found

साउन २८, पेचिङ । चीनमा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) विगत सात महीनामा अघिल्लो वर्षको तुलनामा ७ दशमलब ३ प्रतिशतले वृद्धि भएको छ ।

चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार यस वर्ष जनवरीदेखि जुलाई महीनाको अवधिमा ५३३ अर्ब युआन (चिनिया मुद्रा) अर्थात् करीब ७९ अर्ब अमेरिकी डलर लगानी भएको छ । जुलाईमा मात्र अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा ८  दशमलव ७ प्रतिशत वृद्धि भई करीब ५५ अर्ब युआन भएको छ ।

सात महीनाको यस अवधिमा विदेशी लगानीका २४ हजार ५० नयाँ व्यवसाय थपिएका छन् । नयाँ लगानी भएका क्षेत्रहरुमा खासगरी उच्च प्रविधिका क्षेत्रमा सबैभन्दा बढी छ ।     
वाणिज्य मन्त्रालयका अनुसार उच्च प्रविधिका व्यवसायमा झण्डै ९७ अर्ब युआन लगानी भएको छ ।    

प्रत्यक्ष विदेशी लगानी चीनका पश्चिमी क्षेत्रमा सबैभन्दा बढी छ । मन्त्रालयका अनुसार अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले लगानी वृद्धि भएको छ । 
यस अवधिमा जर्मनी र दक्षिण कोरियाबाट चीनमा सबैभन्दा बढी लगानी आएको छ ।

जर्मनीबाट ७२ दशमलव ४ र कोरियाबाट ६९ दशमलव ७ प्रतिशत लगानी वृद्धि भएको छ । वाणिज्य मन्त्रालयको तथ्याँकमा युरोपेली युनियनबाट पनि अघिल्लो वर्षको तुलनामा १८ दशमलव ३ प्रतिशत बढी लगानी भएको छ । बेल्ट एन्ड रोड (बिआरई) मा सहभागी मुलुकबाट प्रत्यक्ष लगानीमा ५ प्रतिशतको झिनो लगानी भएको छ । रासस/ सिन्ह्वा
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्