arthik abhiyan
ad banner

एभरेष्ट इन्स्योरेन्सको अवितरित हकप्रद बुधवारदेखि लिलामीमा 

Aug 13, 2019
लगानी
Image Not Found

साउन २८, काठमाडौं । एभरेष्ट  इन्स्योरेन्स कम्पनीले अवितरित हकप्रद शेयर बुधवार (साउन २९) देखि लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले संस्थापकतर्फको १ लाख ४६ हजार ५७५ कित्ता र सर्वसाधारणतर्फको ३ लाख ८३ हजार २०५ कित्ता शेयर लिलामीमा विक्री गर्ने भएको हो । लिलाम शेयर खरीदका लागि भदौ ८ गतेसम्म आवेदन दिन सकिनेछ । 

यसअघि कम्पनीले जेठ १४ गतेदेखि असार १६ गतेसम्म हकप्रद खरीदका लागि आवेदन माग गरेको थियो । त्यस अवधिमा वितरण हुन नसकेको शेयर लिलामीमा ल्याएको हो । आवेदकहरूले न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्छन् । शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएको हुँदा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । कम्पनीको विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस्