arthik abhiyan
ad banner

गरिमा विकासको नाफा २६.३२ प्रतिशतले बढ्यो 

Aug 13, 2019
लगानी
Image Not Found

साउन २८, काठमाडौं (अस) । गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०७५/७६ को चौंथो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार अघिल्लो आर्थिक वर्ष २०७४/७५ को तुलनामा नाफा २६ दशमलव ३२ प्रतिशत बढेको हो । अघिल्लो वर्ष रू. ४६ करोड ८८ लाख ३४ हजार नाफा गरेको कम्पनीले गत वर्ष सोही अवधिमा रू. ५९ करोड २२ लाख ६५ हजार नाफा गर्न सफल भएको छ ।

अघिल्लो वर्षभन्दा गत वर्ष सञ्चालन नाफा ३१ दशमलव ८४ प्रतिशत बढी रू. ८५ करोड ६६ लाख ६१ हजार भएको छ । गत वर्ष १० प्रतिशत बोनस शेयर वितरण गरी कम्पनीले चुक्तापूँजी रू. २ अर्ब ७८ करोड ८३ लाख ६७ हजार पुगेको छ । जगेडा कोष रकम रू. ४९ करोड २ लाख ११ हजार छ । गत वर्ष ३५ दशमलव ७६ प्रतिशत बढी रू. २६ अर्ब ७८ करोड ५९ लाख ५८ हजार निक्षेप संकलन गरेको कम्पनीले ५१ दशमलव २७ प्रतिशत बढी रू. २८ अर्ब २० करोड १७ लाख ६६ हजार कर्जा प्रवाह गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. २१ दशमलव २४ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस्