arthik abhiyan
ad banner

लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा बुधवार

Aug 13, 2019 
लगानी
Image Not Found

साउन २८, काठमाडौं (अस) । लुम्बिनी जनरल इन्स्योरेन्सले बुधवार १४ औं वार्षिक साधारण सभा बोलाएको छ । अघिल्लो आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पारितका लागि कम्पनीले सभा बोलाएको हो । यो सभाले लगानीकर्ताहरुका लागि कुनै लाभांश प्रस्ताव गरेको छैन । सभा प्रयोजनका लागि कम्पनीले साउन १५ गते एक दिन बुक क्लोज गरेकाले साउन १४ गतेसम्म कायम सदस्यहरु सभामा भाग लिन सक्नेछन् ।

गत वैशाख २५ गते विशेष साधारण सभामार्फत पारित गरेको २० प्रतिशत हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डमा असार ३१ गते निवेदन दिएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ८८ करोड रहेको छ । हकप्रद पश्चात चुक्तापूँजी रू. १ अर्ब ५ करोड ६० लाख पुग्नेछ । हकप्रद विक्री प्रबन्धकमा सीबीआइएल क्यापिटल नियुक्त भएको छ ।


 

प्रतिक्रिया दिनुहोस्