arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लुम्बिनी विकास बैंकको नाफा ५८ करोडभन्दा बढी 

Aug 13, 2019  
लगानी
Image Not Found

साउन २८, काठमाडौं (अस) । लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्म रू. ५८ करोड ९७ लाख १ हजार खुद नाफा गरेको छ । कम्पनीले मंगलवार गत वर्षको चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । उक्त विवरण अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष ९६ दशमलव ७७ प्रतिशत बढी नाफा भएको देखिन्छ ।

गत वर्ष सञ्चालन नाफा ७१ प्रतिशत बढी रू. ७४ करोड ४५ लाख ५५ हजार भएको छ । यस अवधिमा कम्पनीले रू. १३ करोड ४८ लाख २५ हजार खराब कर्जा उठाएको छ । अघिल्लो वर्ष रू. १ करोड ७० लाख २७ हजार मात्र खराब कर्जा उठेको थियो । यस अवधिसम्म कम्पनीको चुक्तापूँजी रू. २ अर्ब २० करोड ९७ लाख ६६ हजार पुगेको छ । जगेडा कोषमा रू. १ अर्ब ६३ करोड ६६ लाख ४० हजार रहेको छ ।

अघिल्लो वर्षभन्दा ८ दशमलव ८८ प्रतिशत बढी रू. २४ अर्ब ८० करोड ६२ लाख ३३ हजार निक्षेप संकलन गरेको कम्पनीले २३ दशमलव ८४ प्रतिशत बढी रू. २२ अर्ब ७६ करोड ९९ लाख ८३ हजार कर्जा प्रवाह गरेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. २६ दशमलव ६८ रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्