arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

स्वावलम्बन लघुवित्तको संस्थापक शेयरमा आवेदन दिने बुधवार अन्तिम दिन 

Aug 13, 2019  
लगानी
Image Not Found

साउन २८, काठमाडौं (अस) । असार ३१ गतेदेखि विक्रीमा आएको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शेयरमा आवेदन दिने (साउन २९) बुधवार अन्तिम दिन रहेको छ । कम्पनीले महिला सहकारीको नाममा रहेको ३ लाख ७७ हजार ४५७ दशमलव ५ कित्ता संस्थापक शेयर लिलामी विक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यामान संस्थापक शेयरधनी लगायत अन्य संघसस्था व्यक्तिहरुले खरीद गर्न सक्नेछन् ।

यस शेयरको न्यूनतम मूल्य रू. ३०० तोकिएको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । आवेदकहरुले बोलपत्र पेश गर्दा न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । यो शेयरको विक्री प्रबन्धक सनराइन क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्