arthik abhiyan
ad banner

२.७८ अंकले घटेको नेप्से १२३१.०७ विन्दुमा बन्द, ४८ करोडको शेयर कारोबार

Aug 13, 2019
लगानी
Image Not Found

साउन २८, काठमाडौं (अस) । मंगलवार नेप्से परिसूचक २ दशमलव ७८ अंक घटेर १ हजार २३१ दशमलव शून्य ७ विन्दुमा बन्द भएको छ । यस दिन कारोबारमा शुरुको आधा घण्टाको अवधिसम्ममा नेप्से परिसूचक बढेर १ हजार २३६ दशमलव ४८ विन्दुसम्म पुगेको थियो । सो विन्दु पश्चात बजार ओरालो लाग्दै गरेको नेप्से परिसूचक अन्त्यमा घटेर बन्द भएको हो । 

यस दिन कारोबारमा आएका ११ समूहमध्ये म्युचुअल फण्ड समूहको परिसूचक बाहेक बाँकी सबै समूहहरुको परिसूचक घटेर बन्द भएको छ । होटल समूहको परिसूचक सर्वाधिक १ दशमलव शून्य ९ प्रतिशत घटेर बन्द भएको छ भने जलविद्युत समूह निर्जीवन बीमा समूह र लघुवित्त समूहको परिसूचक शून्य दशमलव शून्य ९ प्रतिशत घटेको छ । यस्तै, बैंकिङ, विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन, अन्य र जीवन बीमा समूहहरुको परिसूचक १ प्रतिशतभन्दा कमले घटेका छन् । म्युचुअल फण्ड समूहको परिसूचक भने शून्य दशमलव शून्य १ प्रतिशत बढेर बन्द भएको छ ।

मंगलवारको कारोबार
मंगलवार रू. ४८ करोड १६ लाख बराबरको शेयर कारोबार भएको छ । यो अघिल्लो दिनको तुलनामा ५३ दशमलव ९९ प्रतिशत अर्थात रू. १६ करोड ८८ लाख बढी हो । सोमवार रू. ३१ करोड २७ लाख रकम बराबरको कारोबार भएको थियो । सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव ५८ अंक घटेर २ सय ६७ दशमलव १४ विन्दुमा बन्द भएको छ । 


 

युनाईटेड मोदी हाइड्रोपावरको शेयरमूल्य ७.६२ प्रतिशत बढ्यो
मंगलवार युनाईटेड हाइड्रोपावरको शेयरमूल्यमा ७ दशमलव ६२ प्रतिशत बढेर रू. ११३ पुगेको छ । कम्पनीको शेयरमूल्यमा रू. ८ ले बढेको हो । यस्तै वर्ल्ड मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको शेयरमूल्य ४ दशमलव ६३ प्रतिशत बढेको छ । कम्पनीको शेयरमूल्य रू. ११३ कायम भएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीको शेयरमूल्य यस दिन ३ दशमलव ७२ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्यमा प्रतिकित्ता रू. २६ ले घटेर रू. ६७२ मा सीमित भएको छ । प्रीडेन्सीएल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ३ दशमलव ४६ प्रतिशत घटेर रू. ५०२ कायम भएको छ । कम्पनीको शेयरमूल्यमा रू. १८ ले घटेको हो । 

११ समूहको परिसूचक

माछापुच्छ्रे बैंकको सर्वाधिक कारोबार
मंगलवार माछापुच्छ्रे बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५ लाख ७ हजार ७०७ कित्ता शेयरको खरीदविक्री हुँदा रू. १२ करोड ९६ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको अन्तिम शेयरमूल्य रू. २५९ रहेको छ । कारोबार रकमकै आधारमा दोस्रोमा लक्ष्मी बैंक लिमिटेडको ४ लाख ३७० कित्ता शेयरको रू. ८ करोड ६१ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्य रू. २१५ मा पुगेको छ । माछापुच्छ्रे बैंक र लक्ष्मी बैंकको सर्वाधिक शेयर कारोबार हुँदा मंगलवारको बजारमा कारोबार रकममा सुधार देखिएको छ । यस दिन कारोबारमा आएका १६५ कम्पनीमा ५८ कम्पनीको शेयरमूल्य बढेको छ भने ८४ कम्पनीको घटेको छ । साथै, २३ कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ । 

प्रतिक्रिया दिनुहोस्