arthik abhiyan
ad banner

लुम्बिनी विकासको साधारण सभा सम्पन्न, शेयरधनीहरुलाई १७.०७ प्रतिशत बोनस शेयर

Aug 13, 2019 
लगानी
Image Not Found


साउन २८, काठमाडौं (अस) । आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट लुम्बिनीका शेयरधनीहरुले १७ दशमलव ०७ प्रतिशत बोनस शेयर पाउने टुङ्गो लागेको छ । कम्पनीले प्रस्तावित बोनस शेयर वितरणको लागि  अन्तिम ढोका मंगलवार पार गरेको छ । कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको उक्त बोनस शेयर सम्बन्धी निर्णयलाई नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत गराई मंगलवार वार्षिक साधारण सभाले पारित गराएको हो ।

राष्ट्रिय स्तरको विकास बैंकले कायम गर्नुपर्ने चुक्तापूँजी रू. २ अर्ब ५० करोड पुर्‍याउन यस अघि कम्पनीले विभिन्न कम्पनीहरुसँग एक आपसमा गाभिई संयुक्त कारोवार गर्दै आएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब २० करोड ९७ लाख ६६ हजार रहेको छ । १७ दशमलव ०७ प्रतिशत बोनस पछि कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ५८ करोड ६९ लाख ६३ हजार कायम हुनेछ ।

कम्पनीले यस अघि पूँजी वृद्धिका लागि साविक भिबोर सोसाइटी डेभलपमेण्ट बैंकसँग एक आपसमा गाभिई २०७३ भदौ १७ गतेदेखि र लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनीसँग मर्जर कार्य सम्पन्न गरी लुम्बिनी विकास बैंकको नामबाट २०७४ असार २५ गतेदेखि एकिकृत कारोबार गर्दै आएको छ । यस कम्पनीले मंगलवारनै गत आर्थिक वर्ष २०७५/७६ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । गत वर्ष कम्पनीले रू. ५८ करोड ९७ लाख १ हजार खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ९६ दशमलव ७७ प्रतिशत बढी नाफा भएको देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले रू. २९ करोड ९६ लाख ७९ हजार खुद नाफा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्