arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

घूससहित वडाध्यक्ष पक्राउ

Aug 13, 2019  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन २८, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवार  महोत्तरी भँगाहा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मो.रफिक आलम सहित तीन जनालाई  पक्राउ गरेको छ ।

अख्तियारको टोलिले सेवाग्राहीसँग योजना सम्पन्न भएको सिफारिस गरेको र रकम भुक्तानी लिन सहज गराई दिए बापत रू. १ लाख ६० हजार घूस लिएको आरोपमा वडाध्यक्ष आलम,वडा सदस्य कारी साह तथा निजका छोरा मुकेश साहलाई पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट गएको टोलिले मुकेश साहलाई सेवाग्राहीबाट घूस लिइसकेको अवस्थामा राष्ट्रिय वाणिज्य बैंक प्रवेशद्वारबाट रंगेहात पक्राउ गरेको थियो  ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्