arthik abhiyan
ad banner

केही चिनियाँ सामग्रीमा कर स्थगित गर्दै अमेरिका

Aug 14, 2019 
अन्तरराष्ट्रिय
Image Not Found

वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकाले आगामी सेप्टेम्बरमा थप भन्सार शुल्क बढाइने ३ खर्ब डलरका सामग्रीको सूचीबाट केही उत्पादन हटाउने भएको छ । अमेरिकाको व्यापार प्रतिनिधिको कार्यालयले मंगलवार यस्तो जानकारी दिएको हो । 

व्यापार प्रतिनिधिको कार्यालयका अनुसार केही उत्पादनमाथिको कर बढाउने योजना स्वास्थ्य, सुरक्षा, राष्ट्रिय सुरक्षा र अन्य केही विषयका कारण डिसेम्बर १५ सम्मका लागि स्थगित गर्न लागिएको हो । सेप्टेम्बरदेखि बढाउन लागिएको करमा नपर्ने उत्पादनमा स्मार्टफोन, ल्यापटप, कम्प्युटर, भिडियो गेम, केही खेलौना, कम्प्युटर मोनिटरका साथै केही कपडा छन् । 

गत महीना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप ३ खर्ब डलरका सामग्रीमा १० प्रतिशत भन्सार महशुल बढाउने घोषणा गरेका थिए । पछिल्लो समय आर्थिक समस्याको सामना गरिरहेका केही रिटेल कम्पनीको दबाबमा अमेरिकाले आफ्नो कर बढाउने निर्णय परिवर्तन गरेको हो । यसले अमेरिकी प्रविधि कम्पनी एप्पललाई पनि केही समयका लागि राहत मिल्नेछ । यो समाचार सार्वजनिक भएसँगै मंगलवार एप्पलको शेयरमूल्य ५ प्रतिशत बढेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्