arthik abhiyan
ad banner

स्वावलम्बन विकास केन्द्रको वार्षिकोत्सव सम्पन्न

Aug 14, 2019
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । स्वावलम्बन विकास केन्द्रको २८औं वार्षिकोत्सव तथा लघु उद्यमशीलता विकास पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । समारोहमा लघु उद्यमशीलता विकास पुरस्कारबाट यस वर्ष काभ्रको मानुषी लघुवित्त वित्तीय संस्था रू १ लाख नगदसहित पुरस्कृत भयो । समारोहमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले समृद्ध नेपाल सुखी नेपालीको नारा साकार पार्न हरेक नेपाली स्वावलम्बी हुनुपर्ने बताइन् । लघुवित्तले महिलालाई स्वावलम्बी बनाउन लघुउद्यम सञ्चालनका लागि सहयोग गर्नुपर्ने उनको भनाइ थियो । 

केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले केन्द्रले विगत २८ वर्षदेखि न्यून आय भएका वर्गको आर्थिक अवस्थामा सुधार गर्न स्थानीय स्रोत र साधनको प्रयोगबाट विभिन्न उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले हाल लघुवित्त संस्थाको सबलीकरणका लागि आफू कार्यरत रहेको उल्लेख गरे । कार्यक्रममा प्रमुख अतिथि मन्त्री अर्यालले सम्मान तथा पुरस्कार वितरण गरेकी थिइन् । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याउने लघुवित्त संस्थाहरूलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्