arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मेगा बैंकबाट नेपाल प्रहरीलाई डायरी

Aug 14, 2019  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरीलाई ५ हजार थान पकेट डायरी सहयोग गरेको छ । मंगलवार मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी विनोद घिमिरेलाई डायरी हस्तान्तरण गरिन् । सुरक्षा सेवामा खटिने नेपाल प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने हेतुले बैंकले उक्त सहयोग गरेको बताएको छ । मेगा बैंकको सहयोगप्रति डीएसपी घिमिरेले बैंकलाई धन्यवाद दिए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्