arthik abhiyan
ad banner

भीएस निकेतनमा सिटिजन्सको एटीएम

Aug 14, 2019
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनलले मंगलवार काठमाडौंको मीनभवनस्थित भीएस निकेतन स्कूलमा एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र स्कूलका उबिन  पोखरेलले उक्त एटीएम सेवाको उद्घाटन गरे । यसबाट स्कूलका सेवाग्राही तथा मीनभवन वरपरका ग्राहक लाभान्वित हुने बैंकको भनाइ छ  । बैंकले देशैभरी ८१ ओटा शाखा, ७८ ओटा एटीएम र १०० ओटा शाखारहित बैंकिङ एकाइबाट करीब चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्