arthik abhiyan
ad banner

एनआईसीका ग्राहकलाई मर्सि सिटी हस्पिटलमा छू्ट 

Aug 14, 2019
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । एनआईसी एशिया बैंक र मर्सि सिटी हस्पिटल बुटवल, रूपन्देहीबीच स्वास्थ्योपचार सेवामा छूटसम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार एनआईसीका ग्राहकले उक्त हस्पिटलका विभिन्न सेवासुविधामा १० प्रतिशतसम्मको छूट पाउनेछन् । सम्झौतामा बैंकका प्रदेश नं ५ का प्रादेशिक कार्यालय प्रमुख तिलकसुन्दर कार्की र हस्पिटलका प्रबन्ध निर्देशक गोपालप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका थिए । बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको उल्लेख गरेको छ । 

प्रतिक्रिया दिनुहोस्