arthik abhiyan
ad banner

गुटुमा क्याम्पस निर्माणका लागि महायज्ञ

Aug 14, 2019
बजार
NA

सुर्खेत (अस) । सुर्खेतको चौकुने गाउँपालिकाको गुटुमा कृषि तथा वन विज्ञान क्याम्पस निर्माणका लागि महायज्ञ गरिने भएको छ । चौकुने कृषि तथा वन विज्ञान क्याम्पस सञ्चालन समितिको बैठकले क्याम्पस स्थापनाका लागि स्थानीय स्तरमा सहयोग जुटाउन मंसिर २२ गतेदेखि २९ गतेसम्म महायज्ञ लगाउने निर्णय गरेको हो । बैठकले क्याम्पसको नाम अब ‘कर्णाली स्कूल अफ एग्रोफरेस्ट्री’ राख्ने निर्णय पनि गरेको छ । क्याम्पस स्थापनाका लागि सहयोग जुटाउन खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा ६ सदस्यीय आर्थिक संकलन समिति गठन भएको छ । 
 

प्रतिक्रिया दिनुहोस्