arthik abhiyan
ad banner

वाणिज्य क्याम्पस र सिप्रदीबीच समझदारी

Aug 14, 2019 
बजार
NA

रूपन्देही (अस) । लुम्बिनी वाणिज्य क्याम्पस र सिप्रदी ट्रेडिङ, काठमाडौंबीच मंगलवार रोजगारीको अवसर र अनुसन्धान लगायत कार्यमा सहकार्य गर्ने समझदारी भएको छ । सिप्रदीको मानव संसाधन विभागकी जनरल म्यानेजर शारदा राना र डेपुटी मेनेजर पल्पसा मानन्धरको टोलीले क्याम्पससँग समझदारी गरेको हो । 

सिप्रदीकी जनरल म्यानेजर रानाले समझदारीपत्रमा हस्ताक्षरपश्चात् उक्त क्याम्पसका विद्यार्थीलाई रोजगारीको अवसरका साथै अनुसन्धान तथा सामाजिक उत्तरदायित्वका गतिविधिमा सहभागी गराउने बताइन् । क्याम्पस प्रमुख प्राडा ताराप्रसाद उपाध्यायले यस्ता कार्यक्रमले विद्यार्थीलाई राम्रा अवसरबारे ज्ञान हुने र अनुसन्धान परियोजना, सामाजिक उत्तरदायित्वप्रति विद्यार्थीको धारणा सकारात्मक बन्ने बताए ।
 

प्रतिक्रिया दिनुहोस्