arthik abhiyan
ad banner

राउन्ड टेबलको अध्यक्षमा केडिया

Aug 14, 2019
बजार
NA

काठमाडौं (अस) । राउन्ड टेबल नेपालले पोखरामा सम्पन्न २०औं राष्ट्रिय वार्षिक महाधिवेशनबाट सौरभ केडियालाई कार्यसमितिको अध्यक्षमा नियुक्त गरेको छ ।

त्यस्तै, राउन्ड टेबल नेपालको कार्यसमितिमा आनन्द बहेटी उपाध्यक्ष र राहुल अग्रवाल सचिव र सुमित मित्तल कोषाध्यक्षमा नियुक्त भए । राउन्ड टेबल नेपालले आफ्ना सदस्यबाट संकलन गरेको र दानमा प्राप्त गरेको रकम फ्रीडम थ्रो एजुकेशन नामक परियोजनामार्फत विद्यालय निर्माणमा सहयोग गरिरहेको छ । राउन्ड टेबलले देशभर ३१६ ओटा कक्षाकोठा निर्माण गरिसकेको बताएको छ । सभामा राउन्ड टेबल इन्टरनेशनलका सदस्य राष्ट्रका प्रतिनिधिका साथ अन्य सम्बन्धित व्यक्तिहरू उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्