arthik abhiyan
ad banner

शैक्षिक क्षेत्रमा लगानी गर्दै एफवान सफ्ट

Aug 14, 2019
बजार
NA

काठमाडौं (अस) । आईटी कम्पनी एफवान सफ्ट इन्टरनेशनलले शैक्षिक क्षेत्रमा आफ्नो लगानी विस्तार गरेको छ । एफवान सफ्ट ग्रूपले भक्तपुरको ठिमीस्थित स्वस्तिक कलेजसँग साझेदारी गर्दै लगानी विस्तार गरेको हो । 

नेपालको आईटी क्षेत्रमा एकातिर दक्ष जनशक्तिको अभाव रहेको र अर्काेतिर आईटी क्षेत्रबाट उत्पादित विद्यार्थीले उपयुक्त अवसर नपाइरहेको समस्यालाई समाधान गर्न एफवान सफ्टले कलेजमा लगानी विस्तार गरेको बताएको छ । 

बीसीए र बीएससी सीएसआईटीको अध्ययन हुने उक्त कलेजमा एफवान सफ्टले सबै सेमेस्टरमा प्रोफेशनल आईटी टे«निङ दिनेछ । विद्यार्थीलाई इन्टर्नशिप गराई एफवान सफ्ट ग्रूपले रोजगारीका अवसर प्रदान गर्ने कलेजका प्रिन्सिपल युवराज सिवाकोटीले बताए । एफवान सफ्ट ग्रूपका निर्देशक सुभास सापकोटाले स्वस्तिक कलेजसँगको सहकार्यले दक्ष जनशक्ति उत्पादन हुने र विद्यार्थीलाई रोजगारीको प्रत्याभूति हुने उल्लेख गरे । 

प्रतिक्रिया दिनुहोस्