arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

रिलायबलद्वारा म्यानेजरहरूलाई तालीम

Aug 14, 2019  
बजार
Image Not Found

काठमाडौं (अस) । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले एजेन्सी म्यानेजरहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्न यही साउन २६ र २७ गते पोखरामा ‘दोस्रो वार्षिक राष्ट्रिय उत्कृष्ट एजेन्सी म्यानेजर उत्प्रेरणा कार्यक्रम २०७६’ गरेको छ । 

इन्स्योरेन्सले व्यक्ति तथा संस्था सुहाउँदा विभिन्न किसिमका नयाँनयाँ जीवन बीमा योजना विक्री गर्ने र देशभर सक्रिय उपस्थिति जनाउने लक्ष्य लिएको छ । इन्स्योरेन्सले अभिकर्तालाई व्यावसायिक बनाउन विभिन्न समयमा क्षेत्रीय र राष्ट्रिय स्तरमा पुनर्ताजगी तालीम प्रदान गर्दै आएको उल्लेख गरेको छ । इन्स्योरेन्सले हालसम्म विभिन्न १३ प्रकारका जीवन बीमा योजना विक्री गरिरहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्