arthik abhiyan
ad banner

प्रदेश–१ मा ११४ ओटा मोटरेबल पुल बनाउने योजना

Aug 14, 2019
प्रदेश ०१
NA

विराटनगर (अस) । भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेको प्रदेश नम्बर १ सरकारले तीन वर्षभित्र ११४ ओटा मोटरेबल पुल निर्माण गर्ने गरी काम थालेको छ । बहुवर्षीय र आवधिक योजना अन्तर्गत पुल निर्माण शुरू भएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको हो । 

निर्माण शुरू भएका पुुलको लम्बाई २५ मिटरदेखि २ सय मिटरसम्मका छन् । मन्त्रालयका अनुसार निर्माणाधीन पुुलको लागत ५ करोडदेखि ४० करोड रुपैयाँसम्म रहेको छ । केन्द्र सरकारले २४ ओटा पुुल प्रदेश सरकारलाई हस्तान्तरण गरेको र बाँकी पुुल प्रदेश सरकारले छनोट गरेको हो । गत आर्थिक वर्षमा १० ओटा मोटरेबल पुल निर्माण भइसकेका छन् । 

आवश्यकता हेरेर पहाडी तथा तराईका गरी प्रदेशका १४ ओटै जिल्लामा पुुल निर्माण भइरहेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालय अन्तर्गतको सडक तथा यातायात व्यवस्था महाशाखा प्रमुुख रेवतीरमण पराजुुलीले ४० ओटा पुुल गत आवमा ठेक्का लागेर काम शुरू भइसकेको बताए । बाँकी पुल पनि केही ठेक्कामा गइसकेको र केही प्रक्रियामा रहेको उनले जानकारी दिए । उनका अनुसार आवधिक पुलहरू तय गरिएको समयमा र बहुवर्षीय ठेक्का अन्तर्गत निर्माण हुुने सबै पुुल आगामी तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

मन्त्रालय अन्र्तगत चालू आवमा ६२ ओटा बहुवर्षीय सडक र ८७ ओटा मुख्यमन्त्री ग्रामीण सडक समेत निर्माण गर्ने योजना छ । प्रदेश सरकारले समयमै निर्माण सम्पन्न गर्न आफ्नै क्यालेन्डर र कार्यतालिका समेत बनाउने तयारी गरेको छ । 

प्रतिक्रिया दिनुहोस्