arthik abhiyan
ad banner

मिनी मार्केटमा आगलागी हुँदा करोडौंको क्षति

Aug 14, 2019 
प्रदेश ०४
NA
author avatar अभियान संवाददाता

कास्की । पोखराको मुख्य बजार क्षेत्र न्यूरोडमा मंगलवार फर्निचर उद्योगमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । भाटभटेनी सुपरमार्केट नजीकै रहेको एस मिनी मार्केटमा आगलागी भएको हो । 

आगलागीबाट मिनी मार्केटका ७ व्यवसायीका कार्पेट, फोम हाउस, चस्मा पसल, जुस पसल, इलेक्टिकल पसल, कपडा पसल, कस्मेटिक पसल गरी २३ ओटा सटरमा पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार क्षतिको पूर्ण विवरण नआए पनि करोडौंको क्षति भएको अनुमान गरिएको छ । सुरक्षाकर्मीको सहायतामा आगलागी भएको साढे २ घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्