arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

२ आव बित्दा पनि तयार भएन कार्यप्रगति विवरण

Aug 14, 2019 
विकास
NA

राजविराज (अस) । सप्तरीको बलान बिहुल गाउँपालिकाले २ अघिल्लो आव २०७४/७५ को वार्षिक कार्यप्रगति विवरण अझै तयार पारेको छैन । गाउँपालिकाले उक्त आवमा रू. २४ करोडभन्दा बढी बजेट खर्च गरेको महालेखा परीक्षणको वार्षिक लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । तर कार्यालयले भने गाउँसभाबाट पारित गरेका योजनाहरूको प्रगतिसहितको वार्षिक विवरण तयार पार्न नसकेको हो ।

उक्त आर्थिक वर्षको कतिपय योजनामा कामै नभई बजेट निकासा भएको स्थानीयहरूको आरोप छ । गाउँपालिकाको महालेखा परीक्षण प्रतिवेदनले पनि कतिपय योजनामा नियमविपरीत बजेट निकासा भएको ठहर गरेको छ । ‘विद्यालयको पर्खाल, सडक ढलान, बाटो ग्राभेल, स्यालो ट्युबवेल तथा बोरिङ जडान, बसपार्क निर्माण, कभर्ड हल निर्माणसहितका योजनामा बजेट अनियमितता भएको छ,’ वडा नं–१ का घुरण रामले भने, ‘यीमध्ये कतिपय योजनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन समेत थालेको छ ।’

बजेटको अनियमितताबारे गाउँपालिकामा पटकपटक गुनासो गर्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ । अब अख्तियारले गर्ने निर्णय स्थानीयको चासोको विषय भएको उनले बताए । गाउँपालिकाको महालेखा परीक्षण प्रतिवेदनमा वडा नं ५ रामनगरमा कुसुम घरदेखि दिनाराम भद्रीसम्मको सडक ढलान गर्ने योजनामा रू. १७ लाख ५० हजार निकासा गरिएको उल्लेख छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्