arthik abhiyan
ad banner

‘ईयूसँगको व्यापार सम्झौता सबैभन्दा महत्वपूर्ण’

Aug 14, 2019 
अन्तरराष्ट्रिय
Image Not Found


साउन २९, लन्डन (बेलायत) । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतका लागि यूरोपेली संघ (ईयू) सँगको व्यापार सबैभन्दा  महत्वपूर्ण भएको बताएका छन् । उनले बेलायतले सबैभन्दा पहिला ईयूसँग व्यापार सम्झौता गर्नु जरुरी रहेको बताएका हुन् । 

बेलायत अक्टोबर ३१ मा ईयूबाट बाहिरिँदै छ । जोन्सनले यो मितिमा ईयूसँग सम्झौता नभए पनि बाहिरिने बताउँदै आएका छन् । जोन्सनले स्थानीय सञ्चार माध्यमसँगको अन्तरवार्तामा बेलायतले आफ्नो व्यापारिक सम्बन्ध भएका मुलुकसँगको व्यापार सम्झौतामध्ये ईयूसँगको सम्झौता सबैभन्दा  महत्वपूर्ण रहेको बताएका हुन् । 

सोमवार अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले बेलायत विना कुनै सम्झौता ईयूबाट बाहिरिए पनि त्यसलाई उत्साहका साथ स्वीकार गरिने बताएका थिए । साथै, बेलायतसँग स्वतन्त्र व्यापार सम्झौताको मार्ग खोजिने उनले बताएका थिए । 

जोन्सनले अमेरिकासँग पनि निकै महत्वपूर्ण व्यापार सम्झौता हुने बताएका छन् । बेलायतलाई व्यावसायिक अवसरको हिसाबमा खुला गरिने उनको कथन छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्