arthik abhiyan
ad banner

पूर्व–पश्चिम राजमार्गको अरुणखोला पुल भाँचियो, राजमार्ग अवरुद्ध

Aug 14, 2019
प्रदेश ०५
Image Not Found
author avatar अभियान संवाददाता

साउन २९, कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीमा रहेको अरुणखोला पुल भाँचिएको छ । बुधवार विहान करीव चार बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बर ट्रकले उक्त पुलको एकतर्फी भागमा ठक्कर दिंदा पुल भाचिएको नवलपुर प्रहरीले बताएको छ । 

पुलको पुर्वदक्षिण भाग अन्दाजी १० मिटर लम्बाई र अन्दाजी १  दशमलव पाँच मिटर गहिराई भाँचिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए ।

पुल भाँचिएपछि ठुला सवारीको आवतजावतमा  रोक लगाइएको छ । सडक डिभिजन कार्यालय र स्थानीय निकायको  पहलमा वैकल्पिक बाटोका लागि पहल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्