arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पहिलो घण्टामा ०.९८ अंकले घट्यो नेप्से (१२ बजेको अपडेट)

Aug 14, 2019  
लगानी
Image Not Found

साउन २९, काठमाडौं (अस) । बुधवार नेप्से कारोबार भएको पहिलो एक घण्टामा शून्य दशमलव ९८ अंकले घटेर १ हजार २३० दशमलव शून्य ९ विन्दुमा पुगेको छ । १ हजार २३० दशमलव ९८ विन्दुबाट शुरु भएको परिसूचक एक घण्टाको अवधिमा शून्य दशमलव शून्य ८ प्रतिशत घटेको हो । 

मंगलवार घटेर बन्द भएको नेप्सेले यसदिन पनि निरन्तरता दिएको छ । बुधवार पहिलो घण्टासम्म कारोबारमा आएका ९२ कम्पनीको ३ करोड ७ लाख बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका १० समूहमध्ये ५ ओटा समूहको परिसूचक बढेको छ भने बाँकी ५ समूहको परिसूचक घटेको छ । 

यस अवधिसम्म सिभिल बैंकको प्रोमोटर शेयरको सर्वाधिक रू. ५५ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्य सो समयसम्म रू. १०० मा कारोबार भईरहेको छ । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्