arthik abhiyan
ad banner

भारतमा घट्यो मुद्रास्फीति दर, ब्याजदर पुनः घट्ने सम्भावना

Aug 14, 2019 
अन्तरराष्ट्रिय
Image Not Found

साउन २९, नयाँ दिल्ली (भारत) । भारतको मुद्रास्फीति दर गत जुलाईमा घटेको छ । जुनमा ३ दशमलव १८ प्रतिशत रहेको भारतको मुद्रास्फीति दर जुलाईमा ३ दशमलव १५ प्रतिशतमा झरेको थियो । यससँगै भारतको मुद्रास्फीति दर लगातार १२औं महीना केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) को लक्ष्यकै हाराहारीमा रहेको देखिएको छ । आरबीआईले यो वर्ष भारतको मुद्रास्फीति दर ४ प्रतिशतभन्दा कम राख्ने लक्ष्य लिएको छ ।

गत साता आरबीआईले रिपोदर लगातार चौथो बैठकमा घटाउँदै ५ दशमलव ४० प्रतिशत कायम गरेको थियो । आरबीआईले आगामी अक्टोबरदेखि सन् २०२० को मार्चसम्म मुद्रास्फीति दर ३ दशमलव ४ देखि ३ दशमलव ७ प्रतिशत रहने आकलन गरेको छ । जुलाईमा मुद्रास्फीति दर घटेसँगै आगामी दिनमा आरबीआईले ब्याजदरमा थप कटौती गर्न सक्ने अर्थविद्हरूको अनुमान छ । गत शुक्रवार सार्वजनिक भएको अर्को एक तथ्यांकले भारतको औद्योगिक उत्पादन जुनमा २ प्रतिशत बढेको देखाएको थियो । एजेन्सी

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्