arthik abhiyan
ad banner

एनसीसी बैंकको खुद ब्याज आम्दानी ३ अर्ब, चुक्तापूँजी ७ अर्ब 

Aug 14, 2019
लगानी
Image Not Found

साउन २९, काठमाडौं (अस) । एनसीसी बैंक लिमिटेडले आव २०७५/०७६ को वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा ९१ प्रतिशत बढेर रू. ३ अर्ब ८ करोड पुगेको छ भने सञ्चालन मुनाफा २९ दशमलव ७६ प्रतिशत बढेर रू. २ अर्ब १५ करोड पुगेको छ । बैंकको गत आवमा वितरणयोग्य नाफा रू. १ अर्ब १९ करोड छ । 

बैंकले गत आवमा रू. १ अर्ब ५२ करोड नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा १३ दशमलव ८१ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकको नाफा रू. १ अर्ब ३४ करोड थियो ।

 बैंकको चुक्तापूँजी गत आवमा रू. ७ अर्व १ करोडमा सीमित छ । बैंकले आगामी साधारण सभामा १५ दशमलव ८९ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । उक्त बोनस पारित भई वितरणपछि चुक्तापूँजी रू. ८ अर्ब १३ करोड ३८ लाख पुग्नेछ । 

बैंकको जगेडा कोषमा रू. ३ अर्ब ५९ करोड छ । बैंकले रू. ६७ अर्ब ३ करोड निक्षेप संकलन गरेको छ । गत आवमा रू. ६१ अर्ब १३ करोड कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा २ दशमलव ७८ प्रतिशत छ । बैंकको प्रतिशेयर आम्दानी रू. २३ दशमलव ५८ छ भने प्रतिशेयर नेटवर्थ रू. १७८ दशमलव ३८ रहेको छ । 


 

प्रतिक्रिया दिनुहोस्