arthik abhiyan
ad banner

४.२२ अंकले घटेको नेप्से १२२६.८५ विन्दुमा (२ बजेको अपडेट)

Aug 14, 2019 
लगानी
Image Not Found

साउन २९, काठमाडौं (अस) । बुधवार नेप्से कारोबार भएको तेस्रो घण्टामा ४ दशमलव २२ अंकले घटेर १ हजार २२६ दशमलव ८५ विन्दुमा पुगेको छ । १ हजार २३४ दशमलव ५९ विन्दुबाट शुरु भएको परिसूचक यस अवधिमा शून्य दशमलव ३४ प्रतिशत घटेको हो ।

यस अवधिसम्म १५६ कम्पनीको रू. १४ करोड २६ लाख बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका १२ समूहमध्ये ३ ओटा समूहको परिसूचक बढेको छ भने बाँकी ९ समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । 

यस अवधिसम्म नेपाल बैंक लिमिटेडको सर्वाधिक रू. १ करोड १९ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्य सो समयसम्म रू. ३२३ मा कारोबार भईरहेको छ । दोस्रोमा सर्वाधिक कारोबार हुने रसुवागढी हाइड्रोपारको शेयर रहेको छ । कम्पनीको रू. २०८ शेयरमूल्यमा रू. १ करोड ११ लाख बराबरको शेयर कारोबार भएको छ । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्