arthik abhiyan
ad banner

जहाँ अब नागरिकले जमीन खरीद गर्न सक्ने छन्

Aug 14, 2019
अन्तरराष्ट्रिय
Image Not Found

साउन २९, तास्कन्त । उज्वेकिस्तानका राष्ट्रपति शाभ्काट मिर्जियोयेभले मंगलवार गैर–कृषि भूमिको निजीकरण गर्नेसम्बन्धी नयाँ कानुनमा हस्ताक्षर गरेका छन्  ।   

मध्य एशियाको सबैभन्दा बढी जनसंख्या रहेको उज्वेकिस्तानमा यो कानुनलाई सिनेटले गत मे महीनामा स्वीकृत गरेको थियो । राष्ट्रपतिबाट स्वीकृत भएको यो कानुन आगामी सन् २०२० को मार्च एक देखि लागू हुनेछ ।    

 यसअघि, सबै जमीन राज्यको मातहतमा थियो । उज्वेक अधिकारीहरुका अनुसार मुलुकको आर्थिक विकासका लागि भूमिको निजीकरण सम्बन्धी कानुनले ठूलो महत्व राख्नेछ । उनीहरुको भनाईमा भूमिको स्वामित्व बेगर बजार अर्थतन्त्र पूरा हुन सक्दैन ।     

नयाँ कानुन अनुसार उज्वेकिस्तानका कानुनी अख्तियारप्राप्त निकाय एवं नागरिकले व्यवसाय सञ्चालन गर्न र निजी घर निर्माण गर्न, जग्गा जमीन खरीद गर्न सक्नेछन् । रासस/ सिन्ह्वा
 

प्रतिक्रिया दिनुहोस्