arthik abhiyan
ad banner

ग्रीन डेभलपमेण्ट नाफा १ करोड १७ लाख

Aug 14, 2019 
लगानी
Image Not Found

साउन २९, काठमाडौं (अस) । ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडले आव २०७५/०७६ को एनएफआरएस अनुसार वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले गत आवमा रू. १ करोड १७ लाख नाफा कमाएको छ । यो अघिल्लो आवको तुलानमा ६२ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकको नाफा रू. ७१ लाख ९७ हजार थियो । बैंकको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा १२३ प्रतिशत बढेर रू. ७ करोड ८४२ लाख पुगेको छ भने सञ्चालन मुनाफा ६४ दशमलव ७० प्रतिशत बढेर रू. १ करोड ६७ लाख पुगेको छ । 
बैंकको चुक्तापूँजी गत आवमा रू. ५० करोड छ । बैंकको जगेडा कोषमा रू. ३१ लाख १८ हजार छ । बैंकले रू. १ अर्ब ८ करोड निक्षेप संकलन गरेको छ । गत आवमा रू. १ अर्ब ८ करोड कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा ३ दशमलव ८१ प्रतिशत छ । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्