arthik abhiyan
ad banner

ओरियण्टल होटलको नाफामा न्यून प्रतिशतले वृद्धि 

Aug 14, 2019
लगानी
Image Not Found

साउन २९, काठमाडौं (अस) । ओरियण्टल होटल्सले गत आव २०७५/७६ को वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार होटलले गत वर्ष रू. २९ करोड ७८ लाख ३७ हजार नाफा गरेको छ । यो नाफा अघिल्लो आव २०७४/७५ को तुलनामा २ दशमलव ३९ प्रतिशत मात्र बढी हो । अघिल्लो वर्षभन्दा ५ दशमलव ४० प्रतिशत बढी रू. १ अर्ब २३ करोड ४८ लाख ६४ हजार आम्दानी गरेको होटलले १० दशमलव ३६ प्रतिशत बढी रू. ७३ करोड ६६ लाख ७२ हजार खर्च गरेको छ ।

गत वर्ष १५ प्रतिशत बोनस शेयर वितरण गरी रू. १ अर्ब ७ करोड ४३ लाख ७१ हजार चुक्तापूँजी कायम गरेको होटलको जगेडा कोष रकम रू. १ अर्ब १७ करोड १८ लाख ७ हजार छ । प्रतिशेयर आम्दानी रू. २७ दशमलव ७२ र प्रतिशेयर नेटवर्थ रू. २०९ दशमलव ०७ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस्