arthik abhiyan
ad banner

स्याङ्जामा गत आवमा ५८६ उद्योग दर्ता, ९८ लाखभन्दा बढी राजस्व संकलन

Aug 14, 2019 
प्रदेश ०४
Image Not Found
author avatar अभियान संवाददाता

साउन २९, स्याङ्जा । स्याङ्जामा आर्थिक वर्ष २०७५/७६ मा ५८६ ओटा नयाँ उद्योगहरु दर्ता भएका छन् । घरेलु तथा साना उद्योग विकास समिति स्याङ्जाका प्रमुख उद्योग अधिकृत कृष्णप्रसाद पोख्रेलका अनुसार उद्योग प्रशासनतर्फ विभिन्न किसिमका ५८६ ओटा उद्योगहरु दर्ता भएका हुन् भने वाणिज्य प्रशासनतर्फ ३८६ ओटा वाणिज्य फर्म नयाँ दर्ता भएका हुन् ।

गत आर्थिक वर्षमा उद्योग प्रशासनतर्फ ३३४ ओटा उद्योगहरु नवीकरण भएका छन् भने वाणिज्य प्रशासनतर्फ ४८५ ओटा फर्म नवीकरण भएका छन् । त्यस्तै ११ ओटा अन्य फर्महरु पनि नवीकरण भएका कार्यालयको तथ्यांक छ । अघिल्लो आर्थिक वर्षको तुलनामा उद्योग तथा वाणिज्य फर्महरु दर्ता गर्ने क्रम अत्याधिक बढेको प्रमुख उद्योग अधिकृत पोख्रेलले बताए ।  प्रमुख उद्योग अधिकृत पोख्रेलका अनुसार व्यापार व्यवसाय तथा उद्योग धन्दाहरु सञ्चालन गर्नका लागि र अनुदान लिनका लागि पनि अनिवार्य दर्ता गर्नुपर्ने भएकाले नयाँ दर्ता गर्ने क्रममा वृद्धि भएको हो ।
 
९८ लाख राजस्व संकलन
स्याङ्जामा गत आर्थिक वर्ष २०७५/७६ मा उद्योग तथा फर्म दर्ता एवं नवीकरणबाट कुल रू. ९८ लाख ४२ हजार ४२९ राजस्व संकलन भएको छ । जिल्लाका ११ ओटा स्थानीय तहहरुमध्ये सबैभन्दा धेरै उद्योग तथा फर्महरु वालिङ नगरपालिकामा दर्ता भएका छन् । वालिङमा १५९, पुतलीबजार नगरपालिकामा १२५, गल्याङ नगरपालिकामा ७३, भीरकोट नगरपालिकामा ४७ र चापाकोट नगरपालिकामा ३४ ओटा रहेका छन् ।

त्यस्तै बिरुवा गाउँपालिकामा ३३, अर्जुनचौपारी गाउँपालिकामा २८, आँधीखोला गाउँपालिकामा २५, फेदिखोला गाउँपालिकामा १९, कालीगण्डकी गाउँपालिकामा १६ र हरिनास गाउँपालिकामा ७ ओटा रहेका प्रमुख उद्योग अधिकृत पोख्रेलले बताए ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्