arthik abhiyan
ad banner

सुदूरपश्चिममा बीमा : बढ्दो व्यवसाय 

जीवन बीमाबाट : रू.२ अर्ब ५९ करोड ६९ लाख, निर्जीवन बीमाबाट : रू.४९ करोड ८४ लाख

Aug 14, 2019 
प्रदेश ०७
Image Not Found
author avatar वीरेन्द्र भट्ट

साउन २९, धनगढी । सदूरपश्चिममा जीवन तथा निर्जीवन बीमा व्यवसाय वर्षेनी बढ्दै गएको छ ।

संघीय राजधानी काठमाडौंमा कर्पोरेट कार्यालय रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीहरुका क्षेत्रीय, शाखा तथा उपशाखा कार्यालयहरु सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा बजार क्षेत्रमा विस्तारक्रम बढेसँगै व्यवसाय पनि बढ्दै गएको पाइएको हो । 

प्रायः सवै खालका  जीवन तथा निर्जीवन बीमा कम्पनीका क्षेत्रीय तथा शाखा कार्यालयहरु यो प्रदेशभित्र सञ्चालनमा आएपछि बीमा गर्नेहरुको संख्या बढ्दै गएको हो ।जीवन र निर्जीवन बीमा कम्पनीका अधिकांश क्षेत्रीय तथा शाखा कार्यालयहरु कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा खुलेको पाइएको छ ।

पहाडी जिल्लामा पनि शाखा विस्तार हुने क्रम बढ्दै लगेकाले बीमा व्यवसाय थप फराकिलो बन्दै गएको सम्वन्धित अधिकारीहरुले बताएका छन् । अघिल्लो आव २०७४/ ०७५ को तुलनामा आव २०७५/ ०७६ मा जीवन र निर्जीवन बीमा व्यवसाय बढेको पाइएको छ । 

प्रदेशभित्र सञ्चालित निर्जीवन बीमा कम्पनीहरुले आव २०७४/ ०७५ मा ८३ हजार १२५ बीमा लेख जारी गरी रू.५६ करोड ९५ लाख बीमा शुल्क आर्जन गरेकोमा आव २०७५/ ०७६ को बैशाख मसान्तसम्म मात्रै ८४ हजार २९८ बीमालेख जारी गरी रू.४९ करोड ८४ लाख बीमा शुल्क आर्जन भएको तथ्यांक प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले संकलन गरेको अभिलेखले देखाएको छ ।

प्रदेशभित्र सञ्चालित जीवन बीमाका क्षेत्रीय, शाखा तथा उपशाखा कार्यालयहरुले संकलन गरेको बीमा शुल्कको तथ्यांक पनि आफ्नो मन्त्रालयले संकलन गरेको आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बताए ।

मन्त्रालयले संकलन गरेको तथ्यांकअनुसार आव २०७४/ ०७५ मा १ लाख २४ हजार ५११ बीमा लेख जारी गरी कुल रू.२ अर्ब ३३ करोड १८ लाख बीमा शुल्क आर्जन भएकोमा आव २०७५/ ०७६ को वैशाख मसान्तसम्म मात्रै १ लाख ६ हजार ९४७ बीमा लेख जारी गरी रू.२ अर्ब ५९ करोड ६९ लाख प्रथम बीमा शुल्कवापत विभिन्न जीवन बीमा कम्पनीबाट संकलन भएको मन्त्रालयले बताएको छ । 

प्रदेशभित्र निर्जीवन बीमा कम्पनीका ४१ तथा जीवन बीमा कम्पनीका ११७ शाखा तथा उपशाखा सञ्चालनमा छन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्