arthik abhiyan
ad banner

तोलामा ७०० ले घट्यो सुनको मूल्य

Aug 14, 2019 
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन २९, काठमाडौं । पछिल्लो समय निरन्तर बढेको सुनको मूल्य बुधवार भने घटेको छ ।

मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू.७१ हजार थियो तर बुधवार भने ७०० ले घटेर रू. ७० हजार ३०० कायम भएको छ ।  यस्तै तेजावी सुनको मूल्य प्रतितोला रू.७० हजार निर्धारण गरिएको छ । मंगलबार तेजावी सुनको मूल्य प्रतिताला रू.७० हजार ७०० थियो । 

साथै चाँदीको मूल्य पनि तोलामा रू.१५ले घटेको छ । मंगलवार प्रतितोला रू.८३५ रहेको  चाँदीको मूल्य बुधवार रू.८२० मा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्