arthik abhiyan
ad banner

अपर तामाकोशी ५ करोडभन्दा बढी घाटामा

Aug 14, 2019
लगानी
Image Not Found

साउन २९, काठमाडौं (अस) । गत आव २०७५/०७६ सम्ममा अपर तामाकोशी रू. ५ करोड ३९ लाख ४० हजार घाटामा रहेको छ । अघिल्लो आवको तुलनामा भने कम्पनीले घाटालाई कम गरेको छ । अघिल्लो आवमा कम्पनी रू. १० करोड २९ लाख ६९ हजार घाटामा रहेको थियो । 

यसै वर्ष सर्वसाधारणलाई समेत आईपीओ जारी गरी रू. १० अर्ब ५९ करोड चुक्तापूँजी कायम गरेको कम्पनीको जगेडा कोष रकम रू. ६४ करोड ५ लाख २५ हजार ऋणात्मक देखिन्छ । कम्पनीकोे दीर्घकालिन कर्जा रू. ३१ अर्ब ५० करोड रहेको छ । गत आवसम्ममा नेपाल विद्युत प्राधिकरणमार्फत नेपाल सरकारको रू. ११ अर्ब ५० करोड दीर्घकालिन ऋण प्राप्त भएको र उक्त ऋणमा रू. ५ अर्ब ५५ करोड ३६ लाख ५५ हजार ब्याज पूँजीकरण गरिएको कम्पनीले जानकारी दिएको छ । साथै, नेपाल विद्युत प्राधिकरणबाट रू. १ अर्ब अल्पकालिन ऋण प्राप्त भएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९३ दशमलव ९५ रहेको छ । 

हाल कम्पनीले ४५६ मेगवाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । गत असार ३१ मा सर्वसाधारण शेयरधनीहरुलाई समेत समेटेर कम्पनीले वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभामा सर्वसाधारणको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन गर्ने कार्यक्रम भए पनि एक उमेद्वारले कम्पनी विरुद्ध मुद्धा दायर गरेका कारण निर्वाचन स्थगित गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस्