arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अजोड इन्स्योरेन्सले ८४.४२ प्रतिशतले बढायो नाफा 

Aug 14, 2019  
लगानी
Image Not Found

साउन २९, काठमाडौं (अस) । गत आव २०७५/७६ मा अजोड इन्स्योरेन्सले रू. ३ करोड ६७ लाख खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आव २०७४/७५ मा रू. १ करोड ९९ लाख थियो । अघिल्लो वर्षको तुलनामा नाफामा ८४ दशमलव ४२ प्रतिशत वृद्धि भएको हो ।

बुधवार कम्पनीले गत आवको चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । उक्त विवरण अनुसार कम्पनीको जगेडा कोष १७६ प्रतिशत बढेर रू. २ करोड ४६ लाख पुगेको छ । कम्पनीको चुक्तापूँजी रू. ७० करोड रहेको छ । बीमा समितिको निर्देशन बमोजिम रू. १ अर्ब चुक्तापूँजी कायम गर्न आईपीओ जारी गर्नेछ ।

गत वर्ष कम्पनीले रू. ४१ करोड ४५ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो वर्ष रू. २४ लाख रहेको थियो । कम्पनीमा गत असार मसान्तसम्म ४९ हजार ८९४ बीमालेख जारी छ । बीमाकोषमा रू. २ करोड ४६ लाख रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्