arthik abhiyan
ad banner

मितेरी डेभलपमेण्टले कमायो १४ करोड नाफा

Aug 14, 2019
लगानी
Image Not Found

साउन २९, काठमाडौं (अस) । मितेरी डेभलपमेण्ट बैंक लिमिटेडले आव २०७५/०७६को वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले गत आवमा रू. १३ करोड ६९ लाख नाफा कमाएको छ । यो अघिल्लो आवको तुलानमा ३० प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकको नाफा रू. ११ करोड २९ लाख थियो । बैंकको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा ३२ दशमलव ८७ प्रतिशत बढेर रू. २७ करोड ८५ लाख पुगेको छ भने सञ्चालन मुनाफा ३० दशमलव ५८ प्रतिशत बढेर रू. २३ करोड १८ लाख पुगेको छ । 

बैंकको चुक्तापूँजी अघिल्लो आवको तुलनामा गत आवमा १७ प्रतिशत बढेर रू. ५८ करोड ५० लाख पुगेको छ । बैंकको जगेडा कोषमा रू. २५ करोड  ८६ लाख छ । बैंकले रू. ४ अर्ब ८२ करोड निक्षेप संकलन गरेको छ । गत आवमा रू. ४ अर्ब २ करोड कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा शून्य  छ । बैंकको प्रतिशेयर आम्दानी रू. २४ दशमलव ९७ छ भने प्रतिशेयर नेटवर्थ रू. १४४ दशमलव ०६ रहेको छ । 


 

प्रतिक्रिया दिनुहोस्