arthik abhiyan
ad banner

४४ लाखको लागतमा बुटवलमा खुल्यो अर्ग्यानिक कृषि बजार

Aug 14, 2019 
प्रदेश ०५
NA
author avatar अभियान संवाददाता

साउन २९, रुपन्देही । बुटवलमा अर्ग्यानिक कृषि बजार सञ्चालनमा आएको छ । रू. ४४ लाखको लागतमा स्थापना गरिएको कृषि बजारको बुधवार प्रदेश–५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले उद्घाटन गरेकी हुन् । उक्त मन्त्रालय र कृषि विकास बैंकको आर्थिक सहयोगमा आर्थिक समृद्धिका लागि ग्रामीण कृषि उद्यमशिलता कम्पनी प्रालिले कृषि बजार स्थापना गरेको हो ।

कृषि मन्त्री पौडेलले अर्ग्यानिक उत्पादनमा विशेष जोड दिनु आवश्यक रहेको भन्दै यसबाट नै स्वथ्य जिवनको शुरुवात हुने बताइन् । कृषि बजारमा विभिन्न ६० ओटा कृषि समूहले उत्पादन गरेका विभिन्न कृषिजन्य वस्तु राखिएको छ । लेआउटमा किसानले उत्पादन गरेका विभिन्न अर्ग्यानिक उत्पादनलाई विशेष जोड दिई राखिएको छ । आर्थिक समृद्धिका लागि ग्रामीण कृषि उद्यमशिलता कम्पनी प्रालिका अध्यक्ष वामदेव क्षेत्री घिमिरेले किसानहरुको उत्पादनलाई उपभोक्तासम्म पुर्‍याउनका लागि यो कृषि बजारले पुलको काम गर्ने जानकारी दिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्