arthik abhiyan
ad banner

कोशी पीडितले पाएनन् राहत 

Aug 15, 2019
प्रदेश ०२
NA

राजविराज (अस) । नेपाल र भारतले २०११ वैशाख १२  मा कोशी बाँध निर्माणको सम्झौता गरे । बाँध निर्माणका कारण कटान र डुबान भएका जग्गाको क्षतिपूर्ति भारत सरकारले दिनुपर्ने उक्त सम्झौतामा उल्लेख छ । तर ६५ वर्ष बितिसक्दा पनि यसको कार्यान्वयन हुन सकेको छैन ।

आफूहरूले मुआब्जा, क्षतिपूर्ति लगायत राहत पाउन नसकेको कोशी कटान तथा डुबान पीडित सप्तरी र सुनसरीका किसानले बताएका छन् । कोशी बाँधका कारण भएको क्षतिको राहत उपलब्ध गराउन उनीहरूले पटकपटक आन्दोलन गरे पनि सुनुवाइ भएको छैन ।  आफूहरूले ५५ वर्षदेखि सुकुमबासी जीवन बिताइरहेको सप्तरीका कंकालिनी नगरपालिका–१ भारदहका गुलाइ सुतीहारले गुनासो गरे । ‘कोशी बाँध निर्माणले घर र खेतीयोग्य जग्गा कटान भयो,’ उनले भने, ‘यसको क्षतिपूर्ति रकम दिइने आश्वासन पाएपनि हालसम्म कार्यान्वयन भएको छैन ।’ पछिल्लोपटक २०६९ भदौ २४ गते राजविराजमा भएको सर्वपक्षीय बैठकले कटान भएका ७ हजार ६ सय ६३ बिगाहा ८ कठ्ठा २ धुर जग्गाको लगत संकलन अनुसार ८० करोड ४६ लाख ५७ हजार ५२५ रुपैयाँ १३ पैसा मुआब्जा उपलब्ध गराउन सिफारिश समेत गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्