arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनआईसी एशिया रेमिटको चाडपर्व लक्षित योजना

Aug 15, 2019  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । एनआईसी एशिया बैंकले बुधवार एनआईसी एशिया रेमिटको चाडपर्व लक्षित योजना सञ्चालनमा ल्याएको छ । यस योजनाअन्तर्गत बैंकले एनआईसी एशिया रेमिटबाट नेपालभित्र एकपटक रकम पठाएपछि अर्कोपटक रकम पठाउनुपर्दा सित्तैमा पठाउन सकिने व्यवस्था गरेको छ । 

बैंकले आगामी चाडपर्वको अवसरलाई ध्यानमा राख्दै ग्राहकलाई दोस्रो कारोबार सित्तैमा गर्न पाउने सुविधा प्रदान गरेको हो । उक्त विप्रेषण रकम यस बैंकका देशभर फैलिएका २९५ शाखा, ५७ एक्स्टेन्शन काउन्टर, ४१ शाखारहित बैंकिङ एकाइ एवम् ९ हजारभन्दा बढी सहायक प्रतिनिधिमार्फत भुक्तानी पाउन सकिनेछ । यो सुविधाबाट चाडपर्वका समयमा ग्राहकलाई रकम पठाउन सहज हुने बैंकले बताएको छ । यो योजना २०७६ साल भदौ १ देखि असोज ३० गतेसम्म लागू हुनेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्